वाफ च्याम्पियनसिपमा आज नेपाल र सिरिया खेल्दै

काठमाडाैं | फागुन ८, २०८०

वाफ च्याम्पियनसिपमा आज नेपाल र सिरिया खेल्दै

काठमाडौं:     पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा सहभागिता जनाउन साउदी अरेबियामा रहेको नेपाली महिला टोलीले आज समूह चरणको पहिलो खेलमा सिरियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ७:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुने छ ।


नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाली टोलीमा भारतीय लिग खेलिरहेका ६ जना सहित फ्रान्सको शीर्ष डिभिजन खेलिरहेकी सावित्रा भण्डारी समेत रहेकी छिन् । साम्बा हिजो साउदी अरेबिया पुगेकी हुन् ।


उमेर समुहमा खेलिसकेका फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाल पहिको पटक राष्ट्रिय महिला टोलीमा पर्न सफल भएका छन् ।


नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् ।


हिजो भएका समूह ए का खेलमा लेबनानले गुआममाथि ४–३ को जित निकालेको थियो भने जोर्डनले घरेलु टोलीमा साउदी अरेबिया माथि ३–१ को जित निकालेको हो ।


दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्